गोदावरी खेल महोत्सब सम्पन्न


टिम च्याम्पियन हुन सफल ललीतपुर कराते टिमलाई पुरस्कार प्रदान गर्दै लालकुमारी पुन

गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा सञ्चालीत गोदावरी खेल महोत्सबको शनीबार औपचारिक समापन भएको छ । अन्तिम दिन प्रमुख अतिथी जलश्रोत ,उर्जा तथा सिचाइ मन्त्री बर्षमान पुनको उपश्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै मन्त्री पुनले आफ्नो यस क्षेत्रसंग दरिलो साइनो भएको बताउदै यस क्षेत्रको अन्य विषय झै खेलकुदको विकासमा पनि लागी पर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा प्रमसख अतिथी पुन सहित, बिशिष्ट हतीथी प्रतिनिधी सभा सदस्य नवराज सिलवाल, विशेष अतीथीहरु प्रदेशसभा सदस्य लाल कुमारी पुन, दिपेस पुन र चेतनाथ सञ्जेल तथा गोदावरी नगरपालीकाका प्रमुख गजेन्द्र मर्हजन र वडा अध्यक्ष मुकुन्द पहरी लगायतले पुरस्कार प्रदान गरे । सोही अबसरमा विभिन्न खेलकर्मीलाई सम्मान पनि गरिएको थियो । गोदावरी मार्सल आर्ट सेन्टरको आयोजना तथा नमुना खेलकुद क्लबको सह आयोजनामा सञ्चालित आठ दिने महोत्सबमा ह्यान्डबल, रोडरेस, तेक्वान्दो, चेस, कराते, फुटबल र ब्याडमिन्टन खेल सञ्चालन भएका थिए ।

Comment