टेबलटेनिस टोली बंगलादेश जाने


एड्भोकेटेड गुलाम मुस्तफा स्मृति दक्षिण एसियाली टेबलटेनिस क्लब च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको चिट्गाउँ प्रस्थान गर्ने भएको छ ।
अप्रिल ६ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा पुरुष खेलाडी राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, विनेश खनियाँ, प्रदीप रोका र पुरुषोत्तम वज्राचार्यले टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा सञ्जय अर्याल तथा व्यवस्थापकमा खेलकुद विकास विभागका अधिकृत ज्ञानेन्द्र श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार बिदाइ गरे ।

Comment