रुकेश इन्डोनेसिया जादैं

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य  जीवन राम श्रेष्ठले पम्बइगुन जय राणा जुनियर ग्रेड प्रिक्स २०१८ दक्षिण ट्रेगेरंग इन्डोनेसियाका लागि अप्रिल २- ८ २०१८ मा भाग लिन जाने टोलीलाई विदाइ गरे । टोलीको ब्यबस्थापकमा  बिनोद बस्नेत तथा खेलाडी रुकेश महर्जन रहेका छन्  ।  प्रतियोगितामा २० भन्दा बढी   राष्ट्र सहभागी हुने छन् ।  
उक्त बिदाई कार्यक्रममा नेपाल ब्याडमिन्टन एसोसिएसनका अध्यक्ष रामजी श्रेष्ठ मुख्य प्रशिक्षक सुदिप येन्जन,नेपाल ओलम्पिक कमिटिका कार्यकारी सचिब सुजन लाल श्रेष्ठ र नेपाल ओलम्पिक कमिटिमा आबद्ध  निरज श्रेष्ठ लगायतको उपस्थिति  थियो ।

Comment