सुजलको ह्याट्रिक सहित मनाङ मस्र्याङदी फाइनलमा

सुजल श्रेष्ठको ह्याट्रिकमा तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताका मनाङ मस्र्याङदी क्लव उपाधि नजिक पुगेको छ । शनिवार भएको पहिलो सेमिफाईनल खेलमा मनाङ मस्र्याङदीले साविक विजेता सुनौलो संगममाथी ५–० गोलको सहज जित हात पा¥यो । बुटवलको मानविज्ञान माविको खेल मैदानमा सुजलले तीन गोल गर्दा अन्जन बिष्टले २ गोल गरेका थिए । मनाङ मस्र्याङदीले पहिलो गोल पेनाल्टी मार्फत गरेको थियो । सुनौलो संगमका अजित थापाले डिबक्सभित्र मनाङका विमल रानामाथी फाउल खेले पछि पाएको पेनाल्टीको अवसरलाई सुजलले २६ औं मिनेटमा गोलमा परिणत गरेका थिए । मनाङका अञ्जन विष्टले ३१ औ मिनेटमा गोल गरे । उनले एकलल प्रयासमा सानदार गोल गरेका थिए । सुजल श्रेष्ठले ५८ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनले सुनौलोका गोलरक्षक अघि बढेको अवस्थाको फाइदा उठाउदै गोल गरेका थिए । हेमन गुरुङको पासलाई उपयोग गर्दै अन्जनले ६५ औं मिनेटमा गोल गरे । सुजलले ८९ औ मिनेटमा गोल गदै ह्याट्रिक पूरा गरे । सुजलले सुवास गुरुङको पासलाई गोलमा परिणत गदै टिमलाई ५–० को जित दिलाए । खेलमा म्यान अफ द म्याचको उपाधि सुजल श्रेष्ठले हात पारे । उनले दश हजार नगद प्रदान प्राप्त गरे ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार पाउनेछन् । सेमिफाइनल पुग्ने टिमले एक÷एक लाख र उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । विधागत उत्कृष्ट गोल रक्षक,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरले २० हजार नगद पुरस्कार पाउनेछन् ।

Comment