मनाङ मस्याङ्दी क्लब मदन भण्डारी गोल्डकपको सेमिफाईनलमा

 

मनाङ मस्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप –फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । बुटवलको मानविज्ञान माविको खेल मैदानमा बिहिवार भएको प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबले विभागिय टिम नेपाल पुलिसलाई २–१ गोल अन्तरमा हरायो । नेपाल पुलिसका तेज तामाङले १४ औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको नतिजा नेपाल पुलिसले आफ्नो पक्षमा पारे पनि दोश्रो हाफलाई मनाङ मस्याङ्दी खेलमा फर्कीएको हो । अन्जन बिष्टले ६१ औं र ७५ औं मिनेटमा गोल गरे । उनले दुवै पटक भिक्टरको पासलाई उपयोग गरेका थिए । मनाङ मस्याङदीका अञ्जन विष्ट म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया पुरस्कार पाए । विजेता टोलीले साविक सुनौलो संगमसंग फाइनलका लागि प्रतिशपर्धा गर्ने छ । प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाईन खेल शुक्रबार आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्रि स्टार क्वलका बीच हुनेछ ।

Comment