तेक्वान्दो प्रशिक्षक दिवाकरद्धारा बक्सिङ ग्लोभ सहयोग


नेपाल बक्सिङ संघलाई तेक्वान्दो प्रशिक्षक दिवाकर महर्जनले ८० जोर बक्सिङ ग्लोभ बिहिवार उपलब्ध गराएका छन् । हाल अमेरिकाको पोर्टल्याण्डमा बस्दै आएका प्रशिक्षक दिवाकर महर्जन र उनकी धर्मपत्नी मिनु कार्की महर्जनले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई सयुक्त रुपमा बक्सिङ ग्लोभ हस्तान्तरण गरे । सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा भएको कार्यक्रममा प्रशिक्षक महर्जनले आफु धेरै उत्साहित भएको बताउदै भने– यो खुसीलाई मुटुमा लिएर जानेछु,आफुले दुःख गरेर कमाएको पैसाले नेपाली खेलकुदको बिकासमा केही सहयोग गर्न पाएदा गौरबित भएको महसुस गरेको छु ।
नेपाल बक्सिङ संघले खेल सामाग्रि उपलब्ध गराएकोमा प्रशिक्षक महर्जनलाई सम्मान गरेको थियो । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले सम्मान पत्र हस्तान्तरण गदै भने–तेक्वान्दोको प्रशिक्षक भएर पनि बक्सिङ खेलको बिकास र बिस्तारमा अतुलनिय सहयोग पुर्याएको आभारी ब्यक्त गर्दछु । यहाँको सहयोग र सद्भाबका लागि नेपाल बक्सिङ संघले सदैब याद गरिरहने छ ।
खेल सामग्री हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी,प्रशिक्षक ,ओलम्पियन र खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Comment