विश्वरुपालाई रजत


नेपालकी विश्वरुपा बुढाले भुटानको थिम्पुमा भएको दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपको व्यक्तिगत स्पर्धामा मंगलबार रजत जितेकी छिन् ।
विश्वरुपाले ८ किलोमिटर दूरीमा रजत जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । उक्त स्पर्धामा भारतीय र श्रीलंकाली खेलाडी क्रमशः पहिलो र तेश्रो भए ।
विश्वरुपाले टिम स्पर्धामा पनि थप १ कांस्य जितिन् । टिममा विश्वरुपासहित रेसु बस्नेत, विन्द्रा धान्के श्रेष्ठ र सानुमाया कार्कीले प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धाको दूरी पनि ८ किलोमिटर रहेको थियो ।

Comment