एथलेटिक्स टोली भुटान जाने


दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गर्ने भएका छन् । मार्च २७ तारिखमा हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।
पुरुष खेलाडीमा गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कट्वाल र रामजी बस्नेत तथा महिलामा विश्वरुपा बुढा, रेशु बस्नेत, सानुमाया कार्की र विन्द्रा श्रेष्ठ रहेका छन् ।
टिम प्रशिक्षकमा एथलेटिक्स मुख्य प्रशिक्षक अमिरीप्रसाद यादव र चन्द्रबहादुर गुरुङ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच शनिबार बिदाइ गरे ।

Comment