मेलम्ची देखि काठमाडौसम्म सानोबाबुको सक्रियता

सिन्धुपालचोकको मेलम्ची नगरपालीका, कुनै समय नेपाली खेलकुदमा गमुनाम यो ठाउँ अहिले एकाएक आफ्नो अस्त्वि देखाउन सफल भएको छ । एक पछि अर्को गतीबीधी भइरहेका छन् । जिल्लाको खेलकुद नेतृत्व यसै नगरपालीकाका बासीन्दा शिब देउजाले गरेका छन् । उनको प्रभाव नेपाली खेलकदमा विस्तारै देखिन थालेको छ ।
यस प्रभावमा नेपालको स्थानीय निकायको पुर्नसंरचना पछि अर्को आयाम थपीएको छ । मेलम्ची नगरपालीकाको खेलकुद गतीधीमा करातेकर्मी सानोबाबु गीरीको सक्रियतात बढ्दो छ । उनी अध्यक्ष रहेको मेलम्ची नगरयुवा क्लबको आयोजनामा यसै महिनामा भलीबल प्रतियोगिताको आयोजना हुदै छ । यस अघि गीरीकै पहलमा मेलम्चीमा कराते प्रतियोगिता आयोजना भएको थियो ।
गीरीको नेपाली खेलकुदमा यो सक्रियता साढे दुइ दशक अघि देखि देखिकै हो । बि.स २०४९ मा करातेमा आबद्ध गीरी हाल नेपाल गोजुरियो कराते संघका सचिव छन् । एकेएफ जजबी सानोबाबु गोजुरियोका एसिनय रफ्रि समेत हुन् ।
खेलाडीको रुमपा उनले झारखण्डमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसीपको कातामा स्वर्ण तथा कुमुतेमा रजत पदक जितेका थिए । यस अघि उनले चेन्नाइमा भएको यसै प्रतियोगिताको अघिल्लो सस्करणमा दुइ रजत जितेका थिए । बंगलादेशमा भएको गोजुरियो प्रतियोगिताका रजत पदकधारी सानोबाबु आफैले जोरपाटीमा डोजो सञ्चालन गरिरहेका छन् । यसै डोजो सञ्चालन, गोजुरियोको ब्यबस्थापन र मेलम्ची नगरमा खेलकुदको बढ्दो सक्रियता । यी सबै पाटामा सानोबाबुको सक्रियता बढ्दो छ ।उनी सहितको एउटा सक्रिय जमातको कारण मेलम्ची नगर खेलकुदमा थप दरिलो पाइला सार्न अग्रसर छ ।

Comment