मनमोहन स्मृति बास्केटबल हुने

नेपाल खेलकुद महासंघ, काठमाडौं ४ को आयोजनामा प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिता बैशाख २ गतेदेखि हुने भएको छ ।
प्रतियोगिताको पुरुषमा १६ र महिलामा १२ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका अध्यक्ष नवीन मानन्धरले जनाएका छन् । पुरुषमा पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने प्रतियोगिता संयोजक अनुप मानन्धरले जानकारी दिए । टिम सहभागिताका आधारमा महिलामा पनि नगद पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा खेलाइने छ । फाइनल बैशाख १३ गते हुनेछ ।

Comment