रुकुमपूर्वमा चेस प्रतियोगिता हुने


दोश्रो समृद्ध इन्टरनेसनल ओपन चेस प्रतियोगिता ८ देखि १२ बैशाखमा रुकुम पुर्वको रुकुमकोट श्थित शहिद स्मृती भवनमा हुने भएको छ । प्रतियोगिताको पुरस्कार रकम ३ लाख ३८ हजार रुपैया रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैया तथा दोश्रो पुरस्कार ५० हजार रुपैया रहेको छ । यसैगरी तेश्रो हुनेले ३० हजार तथा चौथो हुनेले २० हजार रुपैया पुरस्कार पाउने छन् ।
समृद्ध चेस मोफसलमा आयोजना हुने महत्वपूर्ण चेस प्रतियोगिताको रुपमा परिचित रहेको छ । आयोजक समृद्ध समाज नेपाल समाजीक, शैक्षिक र खेलकुद विकासमा अग्रणी मानीन्छ । थापाथली चेस पार्कका सुमित पन्त प्रतियोगिताको पहिलो सस्करणका उपाधि विजेता हुन् ।

Comment