मेलम्चीमा भलीबल


मेलम्ची नगरयुवा क्लबको आयोजनामा जिल्ला स्तरीय मेयरकप भलीबल प्रतियोगिता १५ देखि १८ चैतमा सिन्चुपालचोकको मेलम्चीमा हुने भएको छ । प्रथम पुरस्कार १ लाख रुपैया रहेको प्रतियोगिताको उपविजेताले ७५ हजार तथा तेश्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउने क्लबका अध्यक्ष तथा प्रतियोगिता आयोजक कमिटीका संयोजक सानोबाबु गीरीले बताए ।

Comment