भेट्रान्स टोली जापान जा

१८ औं एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ प्रतिस्पर्धीसहित १९ सदस्यीय नेपाली भेट्रान टोली शनिबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ ।
सेप्टेम्बर १९ देखि २३ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपको ५ हजार मिटर दौडमा रणबहादुर राई, २ सय मिटर दौडमा बालकृष्ण डंगोल, ५ हजार र १० हजार मिटर दौडमा धर्म महर्जन, १० हजार मिटर दौडमा भीमसेन अवाले, ४ सय र ८ सय मिटर दौडमा रमेश शाक्य, १ हजार ५ सय मिटर दौडमा तीर्थरत्न मानन्धर, ५ हजार मिटर दौडमा बुद्धवीर लामा, १ सय मिटर दौडमा मालती गौचन, १ हजार ५ सय मिटर दौडमा मनीष जोशी, सटपुटमा सानुकाजी महर्जन, १ सय मिटर दौडमा चन्दनलाल चौधरी तथा ५ हजार मिटर दौडमा कृष्णबहादुर गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।
अफिसियलमा नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीका अध्यक्ष गोबरदननाथ शर्मा र उपाध्यक्ष यज्ञलाल श्रेष्ठ, प्रमुख प्रशिक्षकमा भैरव शाही, सहायक प्रशिक्षकमा विश्वरत्न मानन्धर तथा व्यवस्थापकमा वीरलाल श्रेष्ठ रहेका छन् । मिडियाका तर्फबाट रामकृष्ण आले मगर र श्याम चित्रकार पनि टोलीसंगै टोकियो जाँदैछन् ।

Comment