भारोत्तोलनमा ५ कांस्य


इरानको अहभाजमा भइरहेको तेश्रो फेजर कप अन्तर्राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा नेपालले ५ कांस्य जितेको छ ।
पुरुष ७७ केजीमा कमलबहादुर अधिकारीले २ कांस्य र ८५ केजीमा सुरेन्द्र श्रेष्ठले ३ कांस्य जितेको नेपाल भारोत्तोलन संघले जनाएको छ । कमलले क्लिन एन्ड जर्क र कुलमा कांस्य जिते । त्यस्तै सुरेन्द्रले क्लिन एन्ड जर्क, स्न्याच र कुलमा कांस्य हात पारे ।

Comment