खेलकुद र स्वस्थ्यमा कान्ति क्लबको चासो

महाराजगंगस्थित कान्ति साँस्कृतिक केन्द्र क्लबले शनिबार स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । यस पटकका स्वास्थ्य शिविरमा विशेषत आर्थोपेडिक र फिजियोका साथै रक्तदानको कार्यक्रम समेत गरिने भएको छ । निता क्लिनिक, महाराजगंज, युवा ब्यावसायीक विकास समाज, नेपाल संंगको संयुक्त सहकार्यमा आयोजना हुने शिविर विहान ९ देखि २ बजे सम्म संचालन हुने भएको छ ।
खेलकुदको क्षेत्रमा मात्र नभई सामाजिक दायित्वमा पनि स्थानिय क्लबलाई सहभागिता गराउंदै समाज सेवा र सामाजिक कृयाकलपाका माध्ययमले जनमानसलाई एकिकृत गर्दै स्वस्थ नागरिक उत्पादन गर्ने र राष्ट्र निर्माणमा योगदान पु¥याउने उद्धेश्यले स्वास्थ्य शिविर आयोजना गर्न लागिएको क्लबका कार्यबाहक अध्यक्ष चन्दन ढकालले जानकारी गराए ।
क्लबले यस अघि पनि विभिन्न किसिमका खेलकुद क्रियाकलापका साथै स्थानिय स्तरका व्यक्तिहरुलाई लाभ पुग्ने खालका स्वास्थ्य शिविर, जनचेतनामूलक कार्य, रोजगार मुलक तालिम तथा सरसफाईका कार्यहरु गर्दै आईरहेको छ । यसमा साथै क्लबले विगत दुइ बर्ष देखि योग शिविर पनि संचालन गर्दै आईरहेको छ ।
यस शिविरबाट स्थानिय वडा नं. ३ का वासिन्दाका साथै वडा नंं २ र ४ का स्थानियले पनि लाभ लिन सक्ने कार्यबाहक अध्यक्ष ढकालले जानकारी गराए । क्लबले यस अधि पनि जनताका प्रत्यक्ष सरोकार राख्न स्वास्थ्य शिविर जस्तै आँखा शिविर, मृगौला शिविर, मुटु रोग सम्वन्धि शिवरहरु आयोजना गरिसकेको पनि ढकालले बताए ।

Comment