टेबलटेनिस सामग्री सहयोग


जापानका भेट्रान टेबलटेनिस खेलाडी मासानाबु इटो र पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी कविन सुवालले भक्तपुर जिल्ला टेबलटेनिस संघलाई टेबलटेनिस सामाग्री सहयोग स्वरुप प्रदान गरेका छन् ।
संघलाई ७५ थान रबर, २५ थान टिसर्ट र ३ दर्जन बल हस्तान्तरण गरियो । सोही कार्यक्रममा संघले उक्त सामाग्रीहरु खेलाडीलाई प्रदान गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव एवं राष्ट्रिय टेबलटेनिस खेलाडी शिवसुन्दर गोथेले सहयोगका लागि पहल गरेका थिए ।

Comment