हाप्कीडोमा घर्तीको नेतृत्व निरन्तर


काली बहादुर घर्ती मगरको नेतृत्वलाई निरन्तरा दिदै नेपाल मार्शल आट हाप्कीडो संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले नारायण पौडेललाईलाई प्रथम उपाध्यक्ष तथा सुस्मिता गुरुङ र बालन कुमार श्रेष्ठलाई उपाध्यक्षमा चयन ग¥यो । यसैगरी कुशल श्रेष्ठ महासचिव तथा हुम प्रसाद खनाल सचिव भए । इन्द्र बहादुर नेपाली कोशाध्यक्ष भए । लालन लामा, कृष्ण बहादुर तामाङ,खिम बहादुर घर्ती मगर,अतुल राज पौडेल हरि बहादुर सुनुवार र सरिता पुन सदस्य भए ।
निर्वाचीत संघलाई निर्वाचन अधीकृत चन्द्र राइ र ओम न्यौपानेले प्रमाणपत्र प्रदान गरे । कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुन बहादुर केसीले उद्घाटन गरे । कार्यक्रममा नेपाल बक्सीङ संघका प्रमुख प्रशिक्षक प्रकास थापा मगर बिशेष अतीथकिो रुपमा उपश्थित थिए ।

Comment