ह्यान्डबल टोली पाकिस्तान प्रस्थान

आईएचएफ दक्षिण तथा मध्य एसियाली ह्यान्डबल ट्रफी च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ । मार्च १० देखि १५ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट यु–१९ र यु–२१ पुरुष टोली सहभागी हुनेछ ।
यु–१९ टोलीमा केशव विष्ट, जितेन्द्र गुरुङ, प्रवीण तामाङ, कदम चालिसे, शिव विश्वकर्मा, रोहित गुरुङ, मनोज पुन, मिलन घर्ती मगर, लोप्साङ तामाङ, भुवनबहादुर शाही, सुशन परियार, दिप्सन मगर, म्याक पुन र प्रवेश कार्की रहेका छन् । प्रशिक्षकमा पिताम्बर आचार्य, रामेश्वर श्रेष्ठ र टेकबहादुर विश्वकर्मा छन् ।
त्यस्तै यु–२१ उमेरसमूहमा सरोज सिंह, विकास विष्ट, विपिन श्रेष्ठ, प्रभणकुमार शाही, महेश पुरी, महेन्द्र पुन, ईश्वर रोका, सरुनमान श्रेष्ठ, आशिष अधिकारी, सचिन तण्डुकार, अनिश गुरुङ, साजन परियार, सविन मगर र धीरज चौधरीले प्रतिस्पर्धा गर्ने छन् । व्यवस्थापकमा शम्भु पौडेल तथा प्रशिक्षकमा हिमालराज दाहाल र कृष्ण शाक्य रहेका छन् । नेपाल ह्यान्बडल संघका अध्यक्ष तेजबहादुर गुरुङ पनि टोलीसंगै पाकिस्तान गएका छन् ।टोलीलाई सफलताको शुभकामना दिदै सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
Comment