जुनियर राष्ट्रिय कराते शुक्रबार

 

पाको–नेपाल क्योकुसिन कराते संघको आयोजनामा प्रथम जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिता शुक्रबार हुने भएको छ ।प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघकी अध्यक्ष एवं व्रान्च चिफ सन्जु महर्जनले जनाएकी छन् । करिब १ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ । एकदिने प्रतियोगिताका खेलहरु सिनामंगलस्थित विश्रान्ती पार्टी प्योलसमा हुनेछ ।

Comment