सप्तगण्डकी टिम च्याम्पियन

आयोजक सप्तगण्डकी स्कुलले दोश्रो सप्तगण्डकी कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सप्तगण्डकी ११ स्वर्ण, ८ रजत र ८ कांस्यसाथ टिम च्याम्पियन बन्यो ।
५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ सामाखुशी डोजो दोश्रो भयो भने एनआईसी एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो । एनआईसीले २ स्वर्ण, ४ रजत र ८ कांस्य प्राप्त ग¥यो ।
पुरुषमा एमिटी विट्स स्कुलका प्रवेश मगर तथा महिलामा सप्तगण्डकीकी गेन्जिङ डोल्मा शेर्पा उत्कृष्ट खेलाडी चुनिए । द ह्वाइट माउन्टेनले अनुशासित टिमको उपाधि हात पा¥यो । प्रतियोगितामा १ सय ३० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
Comment