सोतोकानमा खड्का

सोतोकान कराते डो संघ नेपालको दोश्रो साधारणसभाले नारायण खड्काको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा गोविन्द श्रेष्ठ र प्रेमबहादुर तामाङ, महासचिवमा नन्दसिंह बडाल, सचिवामा वीरसिंह शाह तथा कोषाध्यक्षमा भावना खड्का अधिकारी रहेका छन् ।
रमेश श्रेष्ठ, प्रगुनशमशेर राणा, अनुप शमशेर अधिकारी, अनिलकुमार विक, अनिश प्याकुरेल, लेखराज पोखरेल, रेणुका अधिकारी, विजय मिश्र, हरिप्रसाद दुलाल तथा हरिबहादुर गुरुङ सदस्यमा चयनमा चयन भए ।
शनिबारै संघले जगबहादुर लामालाई उपाध्यक्ष तथा किरण लामिछाने, हरि दवाडी, प्रकाश रजौरे र हरि श्रेष्ठलाई सदस्यमा मनोनित गरेको छ । त्यस्तै संघका अघिल्लो कार्यसमितिका अध्यक्ष राकेशशमशेर राणा, अविराजकुमार खड्का, चन्द्रबहादुर पुलामी र बद्रिबहादुर राउतलाई सल्लाहकारमा चयन ग¥यो ।
नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत ओमनाथ न्यौपानेले प्रमाण पत्र वितरण गरे भने अर्का निर्वाचन अधिकृत चन्द्रकुमार राईले शपथ ग्रहण गराए । साधारणसभामा केन्द्र र विभिन्न १५ जिल्लाका ४७ प्रतिनिधि सहभागी थिए ।
Comment