उपाधिका लागि धनगढीको सिद्धार्थ र भिमदत्तनगरको लिटिल वुद्ध भिड्ने

धनगढी
धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि लिटिल बुद्ध एकेडेमी कञ्चनपुर र सिद्धार्थ सिसु सदन कैलाली भिड्ने भएका छन । आज भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टीम उपाधिका लागि भोली धनगढीको फाप्ला क्रिकेट मैदानमा भिड्न लागेका हुन । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद सहित ट्रफी पाउनेछन ।
शनीबार भएको पहिलो सेमिफाईनलमा सिद्धार्थ सिसु सदनले धनगढीकै कैलाली विद्या निकेतनलाई ५१ रनले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ गर्दै सिद्धार्थले २० ओभरमा ८ विकेट क्षतिमा १३८ रन वनायो । सिद्धार्थका लागि दिपेन्द्र थापाले ४३ प्रकाश सिंहले ३२ र खडक वोहोराले २४ रन वनाए । कैलाली विद्या निकेतनका लागि अरुण ऐरीले ३ विकेट लिए । १३९ रनको विजय लक्ष्य सहित मैदना उत्र्रिएको कैलाली विद्या निकेतन १६.२ ओभरमा सवै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सागर भण्डारीले २१ र पवन चौधरीले १९ रन वनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । सिद्धार्थका लागि खडक वोहोरा र दिपेन्द्र थापाले ३÷३ तथा प्रकाश सिंहले २ विकेट लिए । खेलको म्यान अफ द म्याच दिपेन्द्र थापा भए ।
अर्कोे सेमिफाईनलमा लिटिल वुद्धले स्टेपिङ स्टोनलाई २८ रनले हरायो । लिटिल वुद्धले खटाएर तोकिएको १५ ओभरमा ६ विकेट क्षतिमा ९३ रन वनायो । लिटिल वुद्धका लागि भीम सार्कीले ३४ रमेश भट्टले २३ रन वनाए । स्टेपिङका लागि पंकज पाण्डेय र चक्र विष्टले २÷२ विकेट लिए । ९४ रनको विजय लक्ष्य सहित मैदान उत्र्रिएको स्टेपिङ ६५ रनमा समेटियो । स्टेपिङका लागि अभिसेक कुँवरले १३ रन वनाउनु वाहेक अरुले दोहोरो रन अंक छुन सकेनन् । लिटिल वुद्धका लागि भीम सार्कीले २ विकेट लिए । सार्की नै म्याच अफ द म्याच समेत भए ।

Comment