आर्मीको सानदार जित, एपीएफको उत्कृष्ट कमब्याक

एनएसटी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेका छन् । आर्मीले पुरुषको उपाधि जित्यो भने एपीएफले महिला तर्फको उपाधि हात पार्न सफल भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषतर्फको उपाधि भिडन्तमा आर्मीले हेल्प नेपाल स्पोर्टस् क्लबमाथि सोझो सेटको सानदार जित हात पा¥यो ।
नेपालकै सफल भलीबल प्रशिक्षक कपिल किशोर श्रेष्ठको प्रशिक्षणमा रहेको आर्मीले  २५–१५, २५–२१, २५–१४ को जित हात पारेको हो । आर्मीको जितमा मानबहादुर श्रेष्ठले स्पाइकबाट १७ तथा सर्भिसमा तीन अंक जोडे । यसैगरी धनबहादुर भट्टले स्पाइकबाट १३ अंक बटुले । महिला तर्फको उपाधि भिडन्तमा एपीएफले चिरप्रतिद्वन्द्वी शिवम् न्यु डायमन्ड एकेडेमीलाई उत्कृष्ट कमब्याकको नमुन ापेस गर्दै ३–२ सेटमा उपाधि जित्यो । निकै प्रतिस्पर्धात्मक खेलमा लगातार दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै विभागीय टोली एपीएफले उपाधि जितेको हो । एपीएफले शिवम् न्यु डायमन्डलाई १६–२५, १६–२५, २५–१४, २५–१३ र १५–९ मा पाखा लगायो । दोश्रो सेट चलीरहदा विचमा नै सरस्वती चौधरी घाइते भएकी थिइन् । सोही समयमा न्यु डाइमन्डको अग्रता फराकिलो बनेको थियो । पछि चौधरी कोर्टमा फर्के पनि एपीएफले सो सेटमा न्यु डाइमन्डसंगको हार टार्न सकेन । तेश्रो सेट देखि एपीएफको टिम समन्वयमा परिवर्तन देखिएको थियो ।
महिला तर्फ तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिसले आर्मीलाई ३–२ को सेटमा हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले २५–२३, २२–२५, २४–२६, २५–१२, १५–१३ ले हरायो ।।
यसैगरी पुरुषतर्फको तेस्रो स्थानको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित ग¥यो । एपीएफले पुलिसमाथि २५–२१, २५–११ र २५–१९ को सहज जित निकाल्यो ।

महिलातर्फ शिवम् न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी बनिन् । पुरुषमा आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट चुनिए । महिलातर्फ एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर, पुलिसकी मनिषा चौधरी बेस्ट ब्लकर, एपीएफकी हिरा केसी बेस्ट सर्भर, शिवम् न्यु डायमन्डका सलिना श्रेष्ठ बेस्ट लिब्रो र कृपा अधिकारी बेस्ट सेटर तथा एपीएफका ज्ञानेन्द्र विष्ट बेस्ट कोच चुनिए । यसैगरी पुरुषमा हेल्प नेपालका ललित कुमार बेस्ट स्पाइकर, आर्मीका दुर्गा महतो बेस्ट सेटर, धनबहादुर भट्ट बेस्ट सर्भर, ईश्वर थापा बेस्ट लिब्रो र कपिलकिशोर श्रेष्ठ बेस्ट कोच चुनिए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मालगायतले पुरस्कार प्राप्त गरे

Comment