फुटबल कोर्षमा गीताको अर्को पाइला

फुटबल प्रशिक्षक गीता कठैत फुटबल सम्बन्धी कोर्षका लागि शनीबार जर्मनी प्रस्थान गर्ने भएकी छिन् । उनले लेप्जिग बिश्वविद्यालयमा फुटबल प्रशिक्षण सम्बन्धी एकेटी कोर्ष गर्ने छिन् । सो कोर्षको अबधी पाचँ महिनाको हुने छ । हाल उनी एएफसी बि लाइसेन्स प्रशिक्षक हुन् । उनी नेपालका थुप्रै विद्यालय र खेलसस्थामा प्रशिक्षकको रुपमा कार्यरत छिन् । पाचथरकी स्थायी बासीन्दा गीताको नेपाली फुटबलमा अध्ययनसील प्रशिक्षकको रुपमा भिन्न छबी रहेको छ । उनले शारिरिक शिक्षामा स्नोतोकोत्तर पुरा गरेकी छिन् । उनले नेपालमै स्कुल स्पोर्ट्स टिचर्स कोर्ष र एन्फा युथ डेभलप्मेन्ट कोर्ष पुरा गरेकी छिन् । साथै समाजीक क्षेत्रमा पनि उनको सक्रियता त्यत्तिकै छ ।

Comment