स्मारिका विमोचनको तयारी


डा. रणशेर राइ स्मृती अक्षय कोषले आगामी २३ फागुनमा स्मारिका प्रकासन गर्ने भएको छ । नेपाली खेल क्षेत्रमा परिचित ब्यक्तित्व बरिष्ठ कराते प्रशिक्षक महेन्द्र राइ कोशको अध्यक्ष रहेका छन् । प्रशिक्षक महेन्द्रक पिता डा. राइ को बि.स २०३७ मा निधन भएको थियो । उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा लगायत जिल्लाको शिक्षा, स्वास्थ्य र शहरीकरणमा डा. राइको भुमिका महत्वपूर्ण भुमिका रहेको छ ।
स्मारिक विमोचनको बारेमा जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा अक्षयकोषका अध्यक्ष महेन्द्र राइ , राम प्रसाद राइ स्मृती प्रतिस्ठानकी अध्यक्ष शुष्मा राइ, पारखी ग्रुपका नवराज राइ तथा गोर्खा सिमेट्रिङका अमोद राइ लगायतको उपश्थिती रहेको थियो ।

Comment