तेक्वान्दो टोली मलेसिया प्रस्थान

 मलेसियामा हुने मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका छन् । बुधबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कार्यक्रममा १० सदस्यीय तेक्वान्दो टोलीलाई बिदाई गरिएको छ । आगामी मार्च १ देखि ४ सम्म हुने च्याम्पियनसिपका लागि तेक्वान्दोका मुख्य प्रशिक्षक नन्दुकुमार राईको नेतृत्वमा ७ सदस्यीय खेलाडी छन् । च्याम्पियनसिपमा नेपालको तर्फबाट संघका सचिवसमेत रहेका नबिनकुमार श्रेष्ठले निर्णायकको भुमिका निर्भाह गर्नेछन् ।
टोलीको प्रशिक्षकमा विशाल रायमाझि रहेका छन् । च्याम्पियनसिपको पुम्सेमा मनोज मल्लले ५४ केजी, रन्जन श्रेष्ठले ६८ केजी, उज्ज्वल गुरागाईँले ८० केजी, भुपेन श्रेष्ठले ८७ केजी र उमेशराज भण्डारीले ६३ केजी तथा महिलामा कल्पना चौधरीले ४६ केजी र अस्मिता खड्काले ४९ केजीमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । च्याम्पियनसिप जी–१ खेल भएकाले खेलाडीको सहभागितामै अंक प्राप्त गर्नेछन् ।
Comment