एउटा रेफ्रि असफल हुदा प्रतियोगिता असफल हुन्छ ः सेसुका

नेपालको पूर्वी पहाड शिक्षा, राजनिती र सांस्कृतीक रुपले अग्रणी मानीन्छ । नेपाली सुगम संगीतको एउटा हिस्सा बनेको पूर्व पहाड पछिल्ला दशकहरुमा मार्सल आर्टमा पनि अग्रणी रह््यो । एकसे एक नाम चलेका हस्तीहरु उदाए, माझ किरातमा । खेलाडीको रुपमा र प्रशिक्षकको रुपमा उदाएका हस्तीको विचमा अर्की एक प्राबीधीकको उदय भएको छ ।
श्रीलंकामा भएको दक्षिण एसियाली कराते च्याम्पियनसीपको दौरान भएको रेफ्रि सेमिनारमा सहभागि हुदै खोटाङकी सेसुका राइ एकेएफ जज बी हुन सफल भएकी हुन् । गत बर्ष नेपालका पहिलो पटक भएको कस्टेस्टमा सफलहुदै उनी स्पोर्ट्स आइकन बन्न सफल भएकी हुन् । उमेरले २५ बर्षे सेसुकाले खेलकुदमा विताएको समय त्यत्ति लामो लाग्दैन होला । परिपक्व उमेर पनि होइन । तर, सेसुकाको हकमा यसै उमेरमा पाएको सफलताको एउटा लामो श्रृंखला छ । खेलकुदमा सक्रिय रहेकी उनी औपचारिक अध्ययनमा पनि अब्बल रहेकी छिन् । हाल ब्यबस्थापनमा स्नोतोकोत्तरकी विद्यार्थी उनले यस स्नातकतहसम्म पहिलो श्रेणीमै उत्तिर्ण गरेकी हुन् । ए ग्रेडमा बैंकिङ प्रशिक्षण गरेकी उनको सक्रियताको क्षेत्र मोडलीङ पनि हो । सन् २०१३ मा मिस राइ एन्ड राइनी फोटो कन्टेस्टमा पहिलो भएकी उनी मिस मंगोलियन फोटो कन्टेस्टमा उप विजयी भएकी हुन् । २५ बर्षे उमेरमा नै नेपाली खेलकुदमा दिएको योगदान स्वरुप यसै बर्ष किरात राइ खेलकुद संघबाट उनी सम्मानीत पनि भइसकेकी छिन् ।
२ सय भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालन गरिसकेकी सेसुकाको लक्ष्य रेफ्रिनै हो । अन्य आम रेफ्रिको झै उनको पनि एउटा गुनासो छ ,“खेल क्षेत्रमा प्राबीधीकको भुमिकालाइ त्यत्ति महत्व दिइएन ”, उनी भन्छिन्,“ एउटा खेलाडी चुके उसको नतीजा नराम्रो आउछ । एउटा प्रशिक्षक चुके उसको चेलाको नतीजा नराम्रो आउछ । तर, रेफ्रि चुके सम्पूर्ण प्रतियोगिता असफल हुन्छ । यसकारण रेफ्रि त झन् सधै सफल हुनै पर्छ ।” यस गुनासोको बाबजुद उनको कराते प्रतिको लगाव निरन्तर छ र नेपालको ब्यस्त रेफ्रिको सुचिमा उनी पनि रहेकी छिन् ।

Comment