केन्द्रिय डोजो टिम च्याम्पियन राजु र अम्बिका उत्कृष्ट खेलाडी घोषित

केन्दिय डोजो, सातदोवाटो प्रथम पुरुष तथा महिला तौल तथा खुल्ला आईकेओ क्योकुसिनकाईकान कराते प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । डोजोले ४ स्वर्ण १ रजत र २ कास्य पदक हात पार्दै टिम च्याम्पियन भएको हो ।
प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका राजु कुमार यादव र अम्बिका भुजेल उत्कृष्ट खेलाडी घोषित भए ।
पुरुष ४० केजी तौलमा धर्मेन्द्र रामले स्वर्ण हात पार्दा मोहम्मद अफ्ताव खानले रजत पाए । तेश्रो स्थानमा सन्तोष मर्दनिया र चौथो स्थानमा अजित भुजेल रहे । ४५ केजी तौलमा नेपाली सेनाका राजु कुमार यादवले स्वर्ण हात पारे । दोश्रो स्थानमा जनकपुरका राजा रामयादव रहे । तेश्रो स्थानमा सातदोवाटोका आकाश मोक्तान रहे । यस्तै चौथो स्थानमा कास्कीका हेमन्त बि.क. रहे । ५५ केजीमा मोहम्मन नेहाल साहले सोम बहादुर थापालाई पराजित गर्दै स्वर्ण हात पारे । तेश्रो स्थानमा प्रविन माझी र चौथो स्थानमा अनिल बराम रहे । ६५ केजी तौलमा विनय सिंहले विकास गुरुङ्गलाई पाखा लगाउंदै स्वर्ण कब्जा गरे । तेश्रो स्थानमा विक्रम मोक्तान र चौथो स्थानमा विश्व लामा रहे ।
पुरुषकै खुला तौल समूहमा सनी सिंह सुनारले उत्कृष्ट प्रदर्शनका साथ स्वर्ण हात पारे । उनले विजय सिंहलाई पराजित गर्दै रजतमा खुम्च्याए । तेश्रो स्थानमा सपन सुनुवार र चौथो स्थानमा शक्ति शाह रहे ।
नेपाल आईकेओ क्योकुसिनकाईकानको आयोजनामा भएको दुई दिने प्रतियोगिताको महिला ४५ केजी तौलमा दिपा शाहीले अंजना ढुृंगेललाई पराजित गर्दै स्वर्ण हात पारिन् । तेश्रो स्थानमा अप्सरा बि.क. र चौथो स्थानमा वितिशा शर्मा रहे । महिलाकै खुला तर्फ सविना श्रेष्ठले सुमि श्रेष्ठ पराजित गर्दै स्वर्ण कब्जा गरिन् । तेश्रो स्थानमा अम्बिका भुजेल र चौथो स्थानमा अञ्जु लामा रहे ।
प्रतियोगिताको खुला तर्फको विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद २५, १५ र ७ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै पुरुष तर्फको चार तौल समूहमा वियजी पहिलो, दोश्रो र तेश्रोले नगद १० हजार, ५ हजार र २ हजार ५ सय प्राप्त गरे भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ हजार ५ सय प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, एशिया र मिडलईष्टका प्रमुख सिहान पेटर च्योङ्ग र एशियन महासचिव एवं फिलिपिन्सका ब्रान्च चिफ सेन्सेई स्टिभिन फु, आईकेओ क्योकुसिनकाईकान कराते संघका अध्यक्ष राजु थापा, नेपाल ब्रान्च चिफ कान्छालाल वाईवा लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment