निमालाई अर्को अन्तराष्ट्रिय पदक, सुमित्रालाई पनि काश्य


बर्तमान नेपाली खेलकुदकै उत्कृष्ट खेलाडी मध्यमै एक रहेकी निमा गुरुङले अर्को एक अन्तराष्ट्रिय पदक जितेकी छिन् । उनले फुजेरा ओपन तेक्वान्दो च्याम्पियनसीपमा काश्य पदक जितेकी हुन् । साग रजत पदक विजेता निमा लामो समय देखि नेपालको राष्ट्रिय टोलीमा रहेकी छिन् । एसियाली राष्ट्रको ओलम्पिक छनोटमा पनि निमाले काश्य पदक पाएकी थिइन् ।
निमाको साथमा सुमित्रा केसीले पनि काश्य पदक जितेकी छिन् । सुमित्राले सेमिफाइनलमा काजकास्तानकी खेलाडीसंग पराजयको सामना गरिन् । दुबइ पुलिसकी खेलाडीबाट वाकओभर पाए पछि काश्य पदक पक्का भएको निमा सेमिफाइनलमा जापानकी खेलाडीसंग पराजित भएकी थिइन् ।

Comment