कुशल युएइमा सम्मानित

एभरेष्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्टस क्लबले कराते प्रशिक्षक कुशल श्रेष्ठलाई सम्मान गरेको छ । युएईको दुवईस्थित क्लबको ट्रेनिङ सेन्टरमा निर्देशक रबि शाहीको उपश्थितमा श्रेष्ठको सम्मान भएको हो । श्रेष्ठ विश्व कराँते महासंघको कराँते वन प्रिमियर लिग तथा दुवई ओपन कोच एक्रिडिएटेडमा सहभागी त्यस तर्फ प्रथान गरेका हुन् । सो अवसरमा कुशल श्रेष्ठले एभरेष्ट मार्शलआर्टस ट्रेनिङ सेन्टरमा अप्रिल र मे मा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई मध्यनजर राखेर खेलाडीलाई श्रेष्ठले प्रशिक्षण गराए । सोह िअबसरमा नेपालबाट आएका अरबिन्द पोडार र सुरज तामाङलाई पनि सम्मान गरिएको शाहीले जानकारी दिए । सम्मान कार्यक्रममा नेपाली समाजका स्पोर्टस कोअर्डिनेटर पर्शुराम घिमिरे, एनआरएनए दुवईका प्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु साथै खेलाडीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
Comment