आयोजक धादिङ पहिलो


महाशिव रात्रीको अबसरमा धादिङ जिल्ला गोजुरियो ओशिकाइ कराते डो सघंको आयोजनामा प्रथम धादिङ जिल्ला ब्यापी गोजुरियो ओशिकाई कराते प्रतियोगिता सम्पन्न भयो । काठमाडौंका आमन्त्रित टिमका ४७ सहित कुल १५५ जना खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ११ स्वर्ण सहित धादिङ जिल्ला पहिलो तथा ९ स्वर्ण सहित काठमाडौं दोश्रो भयो । धादिङको महादेवबेसीमा सम्पन्न भएको सो प्रतियोगितामा काठमाडौका अभिषेक भुजेल र धादिङ की रचना खतिवडा उत्कृस्ट खेलाडी घोषित भए । नेपाल कराते महासघंका सचिव तथा प्रबक्ता ओमकृष्ण प्रसाईंले प्रतियोगिताले मोफसलमा रहेका खेलाडीको पहिचान हुुने बताए ।

Comment