एचएचसीए र ग्लोक्सीको जित

एचएचसीए र ग्यालेक्सीले सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।
एचएचसीएले डेनेबलाई ४९–२२ ले पराजित ग¥यो । एचएचसीएका विशाल राईले १४ अंक जोडे । ग्यालेक्सीले रातो बंगलालाई ५०–२० ले हरायो । विजेताका सुवास गुरुङले १९ अंक जोडे ।
सिनियर गल्र्समा ग्रिनल्यान्डले स्वप्न वाटिका एकेडेमीलाई २२–१५ तथा रातो बंगलाले एआईएलाई ३०–१५ ले पाखा लगाए । जितमा ग्रिनल्यान्डकी अभिस्का खड्काले १४ तथा रातो बंगलाकी संस्कृतिले १२ अंक योगदान गरे ।
जुनियर ब्वाइजमा इनोभेटिभले एभ्रेष्टलाई २०–१२ ले पन्छायो । इनोभेटिभको जितमा अर्विन्द्र शाहीले ८ अंक योगदान गरे ।
Comment