स्काइलार्क र निम्सलाई उपाधि

स्काइलार्क र आयोजक निम्सले सातौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । स्काइलार्क ब्वाइज तथा निम्स गल्र्समा च्याम्पियन बने ।
टोखास्थित आयोजक निम्सको कोर्टमा भएको ब्वाइज फाइनलमा स्काइलार्कले रेडिअन्टलाई ५२–४४ ले पराजित ग¥यो । स्काइलार्कका सुनील मगरले २८ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले श्रीदिवालाई २७–१९ ले हराउदै उपाधि रक्षा ग¥यो । निम्सकी डोल्मा तामाङले १५ अंक जोडिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुनील र डोल्मा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैलाई रिबोकको ट्रयाकसुट उपहार स्वरुप प्रदान गरियो । ब्वाइजमा माउन्ट कैलाश र गल्र्समा मोनास्टिक पब्लिक स्कुलले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई निम्सकी प्रमुख कार्यकारी अधिकृत निकोल ठकुरी, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघकी महासचिव अन्जु राउतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २३ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज र गल्र्समा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
Comment