न्यु जेनिथलाई तेक्वान्दो उपाधि


प्रथम हारती जुनियर अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि न्यु जेनिथ स्कुलले जितेको छ । उपाधि विजेता न्यु जेनिथले चार स्वर्ण, तीन रजत तथा तीन काश्य पदक हात पा¥यो । तीन स्वर्ण, तीन रजत र चार काश्य पदक सहित आयोजक हारती शिक्षा मन्दिर उपविजेता भयो । यसैगरी, जेसस स्कुल तीन स्वर्ण ,एक रजत र एक काश्य पदक सहित तेश्रो भयो । प्रतियोगितामा पुरुष तर्फ जेनिथका सुप्रन शाही र महिलामा हारतीका यान्जी तामाङ बेस्ट फाइटर भए । विज्डम एकेडेमीले अनुशाषित टिमको पुरस्कार पायो ।
प्रतियोगितका विजेतालाई प्रमुख अतिथी नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले पुरस्कार प्रदान गरे । समापन समारोह हारती शिक्षा मन्दिरका प्रीन्सीपल अच्युतम लामीछानेको सभापतीत्वमा भएको थियो । यस अघि राष्ट्रिय टिम तयारीका निर्देशक एबं बरिष्ठ तेक्वान्दो प्रशिक्षक अर्जुन विकले प्रयिोगिताको उद्घाटन गरेका थिए ।

Comment