पुष्पसदन र रेडिअन्ट विजयी

पुष्पसदन र रेडिअन्टले सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
पुष्पसदनले लालीगुराँसलाई ३४–२८ ले पराजित ग¥यो । पुष्पसदनका रोजिन महर्जनले २६ अंक जोडे । रेडिअन्टले न्यु समिटलाई २३–१० ले हरायो । रेडिअन्टका प्रस्तुत पौडेलले ६ अंक जोडे ।
सिनियर ब्वाइजमा आयोजक इनोभेटिभ, भ्याली पब्लिक र बुद्ध एकेडेमीले जित हात पारे । इनोभेटिभले सौर्यमाथि ५५–८ को सहज जित दर्ता ग¥यो । इनोभेटिभका लागि आयुश लामाले १० स्कोर गरे ।
सुन्दर तामाङको १९ अंक सहयोगमा भ्याली पब्लिकले ग्यालेक्सी पब्लिक स्कुललाई ४४–३१ ले निराश पा¥यो । बुद्ध एकेडेमीले रेडिअन्टलाई ४९–४२ ले पन्छायो । जितमा प्रमोद ढुंगेलले २० अंक योगदान गरे ।
सिनियर गल्र्समा श्रीदिवाले ग्यालेक्सीलाई १६–१० तथा भ्याली पब्लिकले इनोभेटिभलाई ३१–१६ ले पन्छाए । श्रीदिवाकी छेवाङ शेर्पाले ९ तथा भ्याली पब्लिककी प्रजिता कार्कीले १२ स्कोर गरे ।
Comment