माउन्ट ग्लोरीलाई उपाधि


माउन्ट ग्लोरीले दोश्रो नेफ–साइपाल यु–१६ फाइभ ए साइड उपत्यकाव्यापी छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा माउन्ट ग्लोरीले नेपालयलाई ७–० गोलले पराजित ग¥यो । आयुश घलानले ह्याट्रिक गरे भने प्रीतम तामाङ र दिपेश गुरुङले २–२ गोल गरे । चुच्चेपाटीमा भएको प्रतियोगितामा विज्ञानले तेश्रो स्थानमा चित्त बुझायो ।
माउन्ट ग्लोरीका ह्याट्रिक कर्ता आयुश उत्कृष्ट खेलाडी घोषित भए भने विज्ञानका सागर अधिकारी उत्कृष्ट गोलरक्षक चुनिए ।
विजेतालाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने नकआउट प्रतियोगितामा ६४ टिम सहभागी थिए । प्रतियोगिताबाट उत्कृष्ट १६ खेलाडी छनोट गरी फिलिपिन्समा मैत्रीपूर्ण प्रतियोगिताका लागि अवसर दिइने नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराए । त्यस्तै अन्य १० उत्कृष्टलाई साइपालले प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्नेछ ।

Comment