फुटसल टोली पाकिस्तान जाने


प्रथम अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली फुटसल टोली आइतबार पाकिस्तान जाने भएको छ ।खेलाडीहरुमा दीपेन्द्र रसाइली, रितेश पौडेल, सजन महर्जन, सुवास घलान, समिर कार्की, विक्की सिलाकार, साहिल राणा, विडेक केसी र राकेश थापा रहेका छन् ।
फेब्रुअरी १६ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको टिम प्रशिक्षकमा सन्तोष पराजुली र सहायक प्रशिक्षकमा राजेन्द्र थापा मगर तथा व्यवस्थापकमा बटुकृष्ण थापा छन् ।
टोलीलाई नेपाल फुटसल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारीले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment