इनोभेटिभको विजयी सुरुआत


आयोजक इनोभेटिभ इङलिस स्कुलले सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार विजयी सुरुआत गरेको छ ।
शंखमूलस्थित घरेलु कोर्टमा इनोभेटिभले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २९–३ ले सहजै पराजित ग¥यो । इनोभेटिभको जितमा प्रियादर्शी मिश्रले ८ अंक योगदान गरिन् ।
सिनियर गल्र्समै श्रीदिवाले ग्रिनल्यान्डलाई १३–१०, स्वप्न वाटिकाले ग्यालेक्सी पब्लिक स्कुललाई १६–६ तथा भ्याली पब्लिकले रातो बंगलालाई २४–१४ ले हराए । श्रीदिवाकी ज्योति गुरुङले ६, स्वप्न वाटिकाकी विमला ऐडीले १२ र भ्याली पब्लिककी दृष्टि श्रेष्ठले ९ अंक जोडे ।
सिनियर ब्वाइजमा रेडिअन्ट, एचएचसीए र बाबाले सफलता पाए । रेडिअन्टले काठमाडौं जेभियरलाई ४८–२० ले पन्छायो । विजेताका सुजन थपलियाले १४ स्कोर गरे । तेन्जिङ राईको १२ अंक सहयोगमा एचएचसीएले हिमालयलाई ३९–१५ ले निराश पा¥यो । एआईए विरुद्धको खेलमा बाबा ३३–२५ ले विजयी भयो । बाबाका गोकुल मोक्तानले ११ अंक जोडे ।
प्रतियोगिताको इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिम सहभागी छन् ।

Comment