अनमोललाई पहिलो स्थान

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्वारा आयोजित सातौँ पिइएफ स्पोर्टस् मिटमा अनमोल ज्योति स्कुल प्रथम भएको छ । सानो गौचरनमा आयोजित स्पोर्टस मिटमा कुल २४ अंकका साथ अनमोलले विजेता ट्रफी तथा रनिङ सिल्ड हात पारेको हो ।
प्रतियोगितामा दुर्गा भवानी एकेडेमी कुल २३ अंकका साथ द्वितीय स्थानमा रहन सफल भयो भने मोक्षदा स्कुल र महान् सिद्धार्थ स्कुलले समान १५–१५ अंकका साथ तृतीय स्थान हासिल गरे । त्यसैगरी न्यु सनसाइन इङ्लिस स्कुल (१३) र लभ्ली एन्जल्स स्कुल (१२) ले क्रमशः चौथो र पाँचौँ स्थान हात पारे ।
प्रतियोगितामा सटपुट, लङ जम्प, सय मिटर दौड, दुई सय मिटर दौड, ४ सय मिटर रिले, टग अफ वार जस्ता ट्र्याक एन्ड फिल्ड इभेन्टमा छात्र र छात्रा समूहमा कुल ११ स्कुलका ४ सय ५० भन्दा बढी छात्रछात्राको सहभागिता थियो ।
विजयी छात्रछात्रा तथा स्कुललाई पिइएफका अध्यक्ष विष्णुप्रसाद पोख्रेल, उपाध्यक्ष बाबुराम केसी, सचिव लम्बोदर घिमिरे, कोअर्डिनेटर नितेश राईलगायतले पदक, प्रमाणपत्र तथा ट्रफी हस्तान्तरण गरेका थिए । यस अघि प्रतियोगिताको काठमाडौं जिल्ला खेलकुद विकास समितीका अध्यक्ष ध्रुवराज न्यौपानेले उद्घाटन गरेका थिए ।

Comment