दृष्टिबिहिनको साउन्ड टेबलटेनिस

साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेल

नेपाल दृष्टिबिहिन टेबलटेनिस संघको आयोजनामा जनचेतना मुलक साउन्ड टेबलटेनिस खेल प्रदर्शन कार्यक्रम हुने भएको छ । साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले दिएको जानकारी अनुसार राष्ट्रिय अपांगता खेलकुद सञ्जाल ( एनडीएसएनएन)को सहयोगमा आइतबार दिउस साढे तीन देखि साढे पाचँबजेसम्म हुने कार्यक्रममा १६ खेलाडीको सहभागिता रहने छ । साथमा तीन प्राबिधिकको पनि सहभागिता रहने छ । दृष्टिबिहिनले आखाँ नदेखे पनि सुनेको आधारमा खेल्न सक्छन् भन्ने आम मानीसलाई जानकारी दिलाउन कार्यक्रम उपयोगी हुने बिश्वास रहेको पौडेलले बताए । कार्यक्रम सुनधारामा हुने छ ।

Comment