इनोभेटिभ बास्केटबल शुक्रबारदेखि


इनोभेटिभ इङलिस स्कुलको आयोजनामा सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजमा प्रतिस्पर्धा हुने इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने छ । सिनियर र जुनियर ब्वाइजलाई ४ समूह तथा सिनियर गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने इनोभेटिभका ईसीए को–ओर्डिनेटर सुशील प्रधानले जानकारी दिए । पहिलो दिन सिनियर गल्र्समा इनोभेटिभ र एआईएबीचको उद्घाटन खेलसहित ८ खेल हुने छन् । फागुन ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछ ।

Comment