स्पोर्ट्स युनिर्भस डेडुको आधिकारिक विक्रेता

तेक्वान्दो, कराते र जुडोका खेल सामाग्री र खेल पोशाक निर्माण कम्पनी डेडुको आधिकारिक विक्रेता नेपालमा स्पोर्टस् युनिर्भसले प्राप्त गरेको छ । तेक्वान्दो, कराते र जुडोको अन्तर्राष्ट्रिय महासंघले डेडुले उत्पादन गरेका खेल पोशाकलाई मात्र स्वीकृति प्रदान गरेको छ । यी तीन खेलका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेडुले उत्पादन गरका खेल पोशाक र खेल सामाग्री मात्र प्रयोग गर्नुपर्नेछ ।
नेपालमा मार्सल आर्टस् र त्यसमा पनि यी तीन खेलाडीका खेलाडीको संख्या बढी रहेकोले हामीले डेडुको आधिकारिक विक्रेता लिएको हौं । यसले खेलाडीहरुमा सहज रुपमा आधिकारिक खेल पोशाक खरिद गर्न सहज हुने स्पोर्ट्स युनिभर्सका सञ्चालक तथा ओलम्पियन दिपक विष्टले बताएका छन् । विष्टले सञ्चालन गरेको स्पोर्ट्स युनिभर्षमा डेडुका ट्रयाकसुट, सिटसर्ट, स्पोर्टस सुज, ब्याग, ज्याकेटलगायतका सामग्री पनि रहेका छन् ।
चार वर्षअघि सुरु भएको स्पोर्टस् युनिभर्समा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल लगायत अधिकांश खेलका समाग्री र खेल पोशाक सुपथ मुल्यमा होलसेल र खुद्रामा विक्रि गर्दै आएको छ । सञ्चालक विष्ट चार साफ स्वर्णपदकधारी हुन् ।

Comment