सफल स्विट्जरल्यान्ड प्रस्थान


एफआईएस अल्पाइन जुनियर विश्व स्कि च्याम्पियनसिपमा सहभागी हुन सफलराम श्रेष्ठ शुक्रबार स्विट्जरल्यान्डको डाभोस प्रस्थान गरेका छन् । जापानका ओसामु किमुरा पनि प्रशिक्षकको भूमिकामा स्विट्जरल्यान्ड जाने छन् । हाल जापानमै रहेकाले किमुरा त्यत्तैबाट स्विट्जरल्यान्ड जाने कार्यक्रम छ । प्रतियोगिता फेब्रुअरी ६ र ७ तारिखमा हुनेछ ।
खेलाडीलाई नेपाल स्कि संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment