सेमिफाइनल समिकरण तय

सुदुर पश्चिमाञ्चल विकास क्षेत्र, शान्तिदिप युवा क्लब, लोकतान्त्रीक खेलकुद संघ रामेछाप र मन्थली युनाइटेड तेश्रो रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको सेमिफाइनलमा प्रबेश गरेका छन् । मान बहादुर श्रेष्ठको उपश्थितीमा प्रेरित युनाइटेडले लिग चरणको अन्तिम खेलमा लाकेतान्त्रीक खेलकुद संघलाई २७–२५,२५–१८ र २५ –१९ ले हराउदै समुहमा पहिलो स्थान पायो । सेमिफाइनल प्रबेशको क्रममा युनाइटेडले क्वार्टरफाइनलमा हिमगंगा रामेछापलाई २५–२१,२५–२३ र ३० –३० ले हरायो ।
अन्य क्वार्टरफाइनलखेलमा सुदुर पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–१९,२५–१४ र २५ –११ ल, तथा लोकतान्त्रीक खेलकुदले नमुनादिप क्लबलाई २०–२५, २५–२७,२५–२०,२५–१४ र १६ –१४ ले हरायो । पूर्वाञ्चललाई २९–३१,२५–२०,२५–२०र २५ –१८ ले हराउदै शान्तिदिप सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।
लिगकम नकआउट आधारमा जारी प्रतियोगिता अन्तरगत शनिबार अन्तिम दिन सेमिफाइनल र फाइनल खेल हुने संयोजक सिताराम कार्कीले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ५० हजार तथा उपविजयी टोलीले १ लाख रुपैया पुरस्कार पाउने छ । यसैगरी, तेश्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउने छ । ३५ हजार रुपैया सान्त्वना पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैया पुरस्कार पाउने छन् । उत्कृष्ट, डिफेन्डर, ब्लकर,सेटर, स्पाइकर र सर्वरलाई ५÷५ हजार रुपैया प्रदान गरिने छ ।

Comment