रामेछापमा तेश्रो सिभिल भलीबल सुरु

रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनमा तेश्रो राष्ट्रिय सिभिल भलीबल प्रतियोगिता बुधबार सुरु भयो । प्रतियोगिताको राष्ट्रिय खेलकुद पषिद्का सदस्य सचिव केशब विष्टले उद्घाटन गरे । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । उद्घाटन खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई २६–२४, २३–२५,१९–२५,२५–१९ र १५ –१३ ले पराजित ग¥यो । प्रतियोगिता लिगकम नकआउट आधारमा हुने छ । सहभागि टोलीमा पूर्वाञ्चल र मध्यमाञ्चल सहित पश्चिमाञ्चल विकास क्षेत्र, मध्यमश्चिमाञ्चल विकास क्षेत्र र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको सहभागिात रहेको छ । यसैगरी, हिमगंगा रामेछाप, नमुनादिप युवा क्लब, लोकतान्त्रीक खेलकुद संघ रामेछाप, मन्थली युनाइटेड समाज र शान्तीदिप युवा क्लब मन्थलीकोे सहभागिता रहेको छ । । शनीबार सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ५० हजार तथा उपविजयी टोलीले १ लाख रुपैया पुरस्कार पाउने छ । यसैगरी, तेश्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउने छ । ३५ हजार रुपैया सान्त्वना पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैया पुरस्कार पाउने छन् । उत्कृष्ट, डिफेन्डर, ब्लकर,सेटर, स्पाइकर र सर्वरलाई ५÷५ हजार रुपैया प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागि टोलीमा राष्ट्रिय टोलीका सदस्य र विभागीय समेत गरी कुल ३ जना मात्र सेटमा राख्न पाइने प्राबधान रहेको छ । प्रतियोगिता तेश्रो सस्करणसम्म आइपुग्दा राष्ट्रिय स्तरका प्रभावशाली खेलाडीहरुको उपश्थिती रहेको छ ।

Comment