नेपालकी पुनमले जितिन् कास्य पदक

भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक जितेकी छिन् । मंगलबार महिला लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनम रावलले नेपाललाई कास्य पदक दिलाएकी हुन् ।
दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा भएको क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक पक्का गरेकी हुन् । पुनमले ताजिकिस्तानकी इडीमोखमाथि ५ – ० को जित निकालेकी थिइन् ।अब पुनमले सेमिफाइनलमा भारतीय खेलाडीसँग प्रतिपर्धा गर्ने छिन् । उक्त खेलमा पराजित भएपनि पुनमले कास्य पदक प्राप्त गर्ने छिन् ।
पुनमको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । पुनमले दोस्रो अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई पदक दिलाएकी हुन् । जितपछि पुनमले नेपाललाई पदक दिलाउन पाउदा गर्व लागेको बताईन् । उनले भनिन् ,ूएकदम खुशी छु । नेपालको लागि पदक जित्न पाउदा, अब नेपालको लागि स्वर्ण जित्ने योजनामा छ ।ू
प्रतियोगितामा पुनमले जितेको यो पदक नेपालको यो दोस्रो पदक हो । यसअघि नेपालकी विमला श्रेष्ठले कास्य पदक पक्का गरेकी छिन् ।
मंगलबार भएको अर्को क्वाटरफाइनल खेलमा भने नेपालकी सरस्वती राना मगर पराजित भएकी छिन् । मिडल ७५ केजी तौल समूहकी सरस्वती भारतीय खेलाडी स्विटी बूरासँग अंकको आधारमा ५ – ० ले पराजित भईन ।प्रतियोगिता अन्तर्गत नै मंगलबार नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । पुरुषतर्फ मनोहर  बस्नेत, भुपेन्द्र थापा मगर र बिष्णु प्रसाद घलेले खेल्न बाँकि छ ।

Comment