बिनोदलाई पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी


साग स्वर्णपदकधारी कराते खेलाडी विनोद शाक्यले प्रशिक्षकको रुपमा पहिलो पटक राष्ट्रिय टोलीमा जिम्मेवारी पाएका छन् । खेलाडीको रुपमा लामो समय नेपाली करातेमा प्रभवा जमाएका शाक्य आफू खेलाडीको सिपलाई निखार्न  केन्द्रित रहने प्रतिक्रिया दिएका छन् । राष्ट्रिय टोलीमा उनको पहिलो जिम्मेवारी भए पनि थुप्रै राष्ट्रिय खेलाडीले यस अघि बिनोदसंग केही न केही सिकेका छन् । धेरै खेलाडीको नजरमा विनोद भातृत्वपूर्ण ब्यबहार गर्ने र हरदम खेलाडीको सिप विकासमा आफूलाई केन्द्रित गर्ने प्रशिक्षकको रुपमा भिन्न छबी बनाउन सफल भइसकेका छन् । राष्ट्रिय टोलीको जिम्मेवारी २ माघ देखि सुरु भए पनि प्रशिक्षणमा बिनोदले प्रशिक्षण गराउन सुरु गरिसकेका छन् ।

Comment