रामेछापमा भलीबल प्रतियोगिता हुदै

रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनमा तेश्रो राष्ट्रिय सिभिल भलीबल प्रतियोगिता बुधबार सुरु हुदै छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा १२ टोलीको सहभागिता रहने जानकारी दिइयो । प्रतियोगिता लिगकम नकआउट आधारमा हुने छ । सहभागि टोलीमा पूर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्यमश्चिमाञ्चल विकास क्षेत्र र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको सहभागिात रहने छ । यसैगरी, साविक विजेता प्याराडाइज युवा क्लब, हिमगंगा रामेछाप, नमुनादिप युवा क्लब, लोकतान्त्रीक खेलकुद संघ रामेछाप, मन्थली युनाइटेड समाज, शान्तीदिप युवा क्लब मन्थली र जिल्ला भलीबल संघ रामेछापको सहभागिता रहने छ । आयोजक जिल्ला खेलकुद विकास समिती रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले प्रतियोगिताको लागत २३ लाख रुपैया रहेको बताए । शनीबार सम्पन्न हुने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ५० हजार तथा उपविजयी टोलीले १ लाख रुपैया पुरस्कार पाउने छ । यसैगरी, तेश्रो हुने टोलीले ५० हजार रुपैया पुरस्कार पाउने छ । ३५ हजार रुपैया सान्त्वना पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैया पुरस्कार पाउने छन् । उत्कृष्ट, डिफेन्डर, ब्लकर,सेटर, स्पाइकर र सर्वरलाई ५÷५ हजार रुपैया प्रदान गरिने छ ।प्रतियोगितामा सहभागि टोलीमा राष्ट्रिय टोलीका सदस्य र विभागीय समेत गरी कुल ३ जना मात्र सेटमा राख्न पाइने जिल्ला खेलकुद विकास समितीका सदस्य सितराम कार्कीले जानकारी दिए ।

Comment