आशिषलाई चेस उपाधि


फाइल तस्बिरः आशिष फुयाँलको फेसबुकबाट साभार

थापाथली चेस पार्कका आशिष फुयाँलले युथकर्नर बुद्धीचाल प्रतियोगिताको उपाधि जितेका छन् । सात चरणको प्रतियोगिताम ाउनले ६.५ अंक बटुले । प्रतियोगितामा पाच चरणसम्म अग्रता कायम गरेका हिमाल लामालाई छैटौ चरणमा हराएका आशिषले सातौ चरणमा थापाथलीकै सुमित पन्तलाई हराए । प्रतियोगितामा ६ अंक हात पारेका हिमाल दोश्रो तथा मनीष हमाल तेश्रो भए । ५.५ अंक भएका थापाथलीकै सुमन राइ चौथो तथा केशब मानन्धर पाचौ भए ।

Comment