कान्तिपुर यातायातद्वारा खेलाडी सम्मानित

कान्तिपुर यातायात व्यवसायी संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ४ वादोरियो कराते खेलाडीलाई सम्मान गरेको छ । संघको चौथो साधारणसभाबाट निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो ।
जापान, जर्मनी, मलेसिया, श्रीलंका, फिलिपिन्स र भारतमा विभिन्न समयमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा ५ स्वर्ण, २ रजत र २ कांस्य जितेका सिमोन खत्रीलाई एक तोला सुन प्रदान गरियो । त्यस्तै जापानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता विकबहादुर थामी, रजत विजेता विमला राई र कांस्य जितेका पुरुषोत्तम पोखरेललाई जनही १० हजार नगदसहित पुरस्कृत गरियो ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उनीहरुलाई सम्मान गरे । सोही अवसरमा राजधानी दैनिकका खेल पत्रकार रामसुदन तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।
Comment